दर्ता. न‌: २४५/०६५/०६६

सुदलामा प्रहरी चौकी स्थापना हुने ः जग्गा निःशुल्क उपलब्ध

केशबराज क्षेत्री,बरेङ । २०७६ माघ १० । बरेङ गाउँपालिका कार्यालय हुग्दिशिर सुदलामा प्रहरी चौकी स्थापना हुने भएको छ । चौकी स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध भएको छ । 

नेपाल सरकारको गाउँपालिका तथा नगरपालिकाको पाएक पर्ने स्थानमा प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार बागलुङको बरेङ गाउँपालिका कार्यालय हुग्दिशिर सुदलामा प्रहरी चौकी स्थापना हुन लागेको हो ।

बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका स्थानीय दधिराम शर्माले पालिका कार्यालय नजिकै रहेको पाँच रोपनी तीन आना आफ्नो नाममा रहेको जग्गा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क उपलब्ध गराएका छन् । शर्माले बिहिबार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुखलाई जग्गाको लालपुर्जा समेत हस्तान्तरण गरका छन् ।

पालिकामा धैरै संवेदनशिल काम गर्नुपर्ने तर सुरक्षा पाउन असहज भएकाले प्रहरी आवश्यकता थियो । गाउँ घर मै प्रहरी चौकी भएपछि स्थानीयले सहज रुपमा शान्ती सुरक्षा पाउन सक्ने भन्दै शर्माले जग्गा उपलब्ध गराएको बताए । 

प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध भएको खबर प्राप्त भएपछि शान्ती सुरक्षा सहजै पाइने हुनाले स्थानीय हर्षित भएका छन् ।

बागलृुङकै निसीखोला, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिका वडा नम्बर ६ पञ्चकोटमा प्रहरी चौकी स्थापना हुने प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।

« सुत्केरी महिलालाई पोषिलो झोला, उज्यालो भविष्य बालबचत कार्यक्रम «

» पूर्तिघाट बरेङ मोटरबाटो स्तरोन्नति कार्य सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal