दर्ता. न‌: २४५/०६५/०६६

मृतक क्षेत्रीको परिवारलाई बरेङ बजारमा राहत संकलन,सहकारीले दियो क्रियाखर्च

प्रकाश छन्त्याल, बरेङ । २१ आषाढ २०७५ । गत असार ११ गते राती पहिरोमा परी ज्यान गुमाएका बरेङ गाउँपालीका वडा नम्मर २ लुरुङका विष्णु बहादुर क्षेत्रीका परिवारका लागी विभिन्न क्षेत्रबाट राहत संकलन अभियान जारीे छ । राहत संकलन अभियान अन्तर्गत विहिवार बरेङ बजारमा नगद १८ हजार ५ रुपयाँ संकलन भएको छ । 

बरेङ बजारमा होम बहादुर राना, शमशेर दगामी,र महेन्द्र थापाको पहलमासो रकम संकलन भएको हो ।

पहिरोमा परी विष्णु क्षेत्री, उहाँकी श्रीमति विष्णुमाया क्षेत्री, र ३ महिने छोरी को ज्यान गएको थियो भने छोरीहरु मञ्जु क्षेत्री र अस्मितिा क्षेत्री घर भन्दा अन्यन्त्र भएकाले बाँच्न सफल भएका थिए ।

सो संकलित रकम मृतक विष्णु क्षेत्रीको नाममा रहेको विहानी बहुउद्देश्यिय सहकारी संस्था बरेङको खातामा संकलन गरिएको राहत संकलन अभियानका सदस्य शमशेर दगामीले जानकारी दिनुभयो ।

त्यस्तै विहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बरेङले पनि संस्थाको नियम अनुसार आफ्ना शेयर सदस्यको मृत्यु हुदा मृतकका घरपरिवारलाई क्रिया खर्चबापत उपलव्ध गराउँदै आएको क्रिया खर्च बापत नगद रु ५ हजार  विष्णु क्षेत्रीको नाममा संस्थामा रहेको खातामा जम्मा गरिएको संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले जानकारी दिनुभयो । संस्थाले बिभिन्न दैविक तथा प्राकृतिक प्रकोपमा परि ज्यान गुमाएका र क्षति पुगेका आफ्ना सदस्यहरुलाई राहत तथा सहयोग प्रदान गर्दै आइरहेको छ । 

« बरेङ गाउँपालिकाद्वारा हुग्दिखोलामा तटबन्ध, उच्च जोखिमका बस्ती प्राथमिकतामा । «

» सार्वजनिक शौचालयको निर्माण सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal