दर्ता. न‌: २४५/०६५/०६६

पूर्तिघाट बरेङ मोटरबाटो स्तरोन्नति कार्य सुरु

हरिकुमार केसी, पूर्तिघाट । २०७६ माघ १२ ।  कालिगण्डकी गाँउपालिकाको केन्द्र पूर्तिघाट देखी बरेङ गाँउपालिका जोड्ने मोटरबाटो स्तरोन्नति कार्य सुरु भएको छ । 

चालु आर्थिक वर्ष भित्रै काम सम्पन्न गर्ने गरि गुल्मीको घुमाउने, छापचौर हुँदै  बागलुङको बरेङ मोटरबाटो स्तरोन्नति गर्ने कार्य शनिबारबाट सुरुवात भएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।

मोटरबाटो स्तरोन्नति कार्यको लागि कालिगण्डकी गाँउपालिकाले रु ५८ लाख बजेट विनियोजन गरेको छ ।

उक्त मोटरबाटो स्तरोन्नतिले गुल्मी बागलुङको व्यापारमा समेत सहजता हुनुका साथै कालिगण्डकी गाँउपालिकाका भुर्तुङ, खड्गकोट, पूर्तिघाट संगै बाग्लुङको बरेङ गाँउपालिकाको हुग्दिशिर, धुल्लुबाँस्कोट लगायतका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने पालिका अध्यक्ष वेद थापा मगरले बताए । 

« सुदलामा प्रहरी चौकी स्थापना हुने ः जग्गा निःशुल्क उपलब्ध «

» ३५ बिद्यालयका १२७ बिद्यार्थी प्रतिभा पहिचानमा भिडे, ४ बिद्यालय गएल । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal