दर्ता. न‌: २४५/०६५/०६६

३५ बिद्यालयका १२७ बिद्यार्थी प्रतिभा पहिचानमा भिडे, ४ बिद्यालय गएल ।

१६ माघ २०७६, बरेङ । बरेङ गाउँपलिका अन्र्तगत रहेका ३५ वटा सामुदायिक बिधालयका बिद्यार्थीहरुको पालिका स्तरीय प्रतिभा पहिचान गरिएकोे छ  । 

वडा नं. २ मा रहेको भृकुटी  माध्यमिक बिद्यालयमा प्रतिभा  पहिचानको प्राथमिक तह कक्षा १ देखी ३ सम्म को अनु लेखनमा ५५ जना बिद्यार्थी , चित्रकला कक्षा ४ देखी  कक्षा ५ सम्मका विद्यार्थी ४० जना, कक्षा ६ देखि कक्षा  ८ सम्मका विद्यार्थी १८ जना, कक्षा ९ देखि  १२ सम्मका  १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँ पालिकाले शिक्षाको लागी  अन्तर निहित  प्रतिभा  प्रस्फुटनका लागि पालिका भरिका ३५ सामुदायिक बिद्यालयको प्रतिभा पहिचान प्रतियोगिता गरिएको  बताउनु भयो । प्रतियोगितामा ४ बिद्यालय भने उपस्थित भएका थिएनन् । 

टिमुरे घाट प्राथमिक बिद्यालय वडा नं. १ र वडा नं. ४ का शिवालय प्राथमिक बिद्यालय, सरस्वती प्राथमिक बिद्यालय र जन जागृति  प्राथमिक बिद्यालय सहित ४ बिद्यालय भने गएल भएका हुन् ।

स्मरणिय छ पहिलो चरण अन्र्तगत  पौष २९ गते आधारभुत बिधालयहरुको कम्पुटर सिप परिक्षण प्रतियोगिता सम्पन्न गरिएको थियो ।

« पूर्तिघाट बरेङ मोटरबाटो स्तरोन्नति कार्य सुरु «

» जैदीमा हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal