जैदीमा हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम
दिपेन्द्र परियार, जैदी । २०७६ माघ १९ । जैमिनी नगरपालिका वडा न.ं ७ जैदी बागलुङमा हात्तीपाइले रोग निवारण अभियान सम्वन्धी वार्ड स्तरीय परिचयात्मक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
राष्ट्रिय हात्ती पाईले रोग नियन्त्रण कार्यक्रम अन्र्तगत वडा को जैदी स्वास्थ्य चौकि मा उक्त कार्यक्रम सम्पन्न भएको स्वास्थ्यचौकी प्रमुख झलकराज आचार्यले वताए । परिचयात्मक कार्यक्रममा हात्तीपाइले रोगको औषधी खुवाउने तरीका , केन्द्रहरु साथै स्वास्थ्यकर्मीहरुको भुमिकाको विषयमा जानकारी गराईएको थियो ।
जैदी स्वास्थ्यचौकी ब्यवस्थापन समितिका सदस्य वडा सदस्य वडा भित्रका विद्यालयका प्रधानाध्यापकहरु वडा भित्रका सबै सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रम जैदी स्वास्थ्य चौकि प्रमुख झलकराज आचार्य र जैमिनी नगरपालिका स्वास्थ्य साखाका जनस्वाथ्य निरिक्षक तिर्थ पौडेल ले सहजीकरण गरेका थिए भने स्वागत जैदि स्वास्थ्यचौकी की हेल्थअसिस्टेन चीत्रकुमारी थापा ले गरेकी थिइन् ।
« ३५ बिद्यालयका १२७ बिद्यार्थी प्रतिभा पहिचानमा भिडे, ४ बिद्यालय गएल । «







