दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा तीन दिने बाख्रापालन तालिम सुरु

प्रकाश छन्त्याल,बरेङ । २०७६ माघ २२ । बरेङमा तीन दिने बाख्रापालन तालिम सुरुवात भएको छ ।

बागलुङको बरेङ गाँउपालिका वडा नम्बर ३ बाटाकाचौरको सामुदायिक अध्ययन सिकाई केन्द्रको भवनमा मंगलबारबाट बाख्रापालन तालिम सुरुवात भएको ३ नम्बर वडाका वडाध्यक्ष पूर्ण खनालले बताए ।

ज्ञान, सीप र व्यवहारमा परिवर्तन लिई बाख्रा पालन कृषकहरुलाई उत्पादनको भुमिकाको बारेमा तालिम दिईने बरेङ गाँउपालिका पशु शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए । पालिकाका ३० जना बाख्रापालक कृषकको सहभागिता रहेको तालिमको सहजिकरण बरेङ गाँउपालिकाका पशु शाखा प्रमुख नारायण पौडेल, र पशु स्वास्थ्य प्राविधिक सुनिल पौडेलले गरेका छन् ।

पालिकाको आर्थिक सहयोग र पशु शाखा कार्यालयको प्राविधिक सहयोगमा तालिमको सञ्चालन गरिएको पालिकाले बताएको छ । पालिकाले फरक फरक खालका कृषकहरुलाई लाभ हुने तालिम तथा कार्यक्रम गर्दै आइरहेको छ यसअघि वडा नम्बर २ हुग्दिशिरमा बङगुरपालन तालिम समापन गरिसकेको छ । 

« हात्तीपाइले रोग निवारणका लागि वडा स्तरिय कार्यक्रम «

» अभ्यास शिक्षणका छात्र शिक्षकद्धारा हुग्दिशिर प्रा.विमा अतिरिक्त क्रियाकलाप »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal