दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा गुल्मीको एक महिने सांगठनिक कार्यक्रम सुरु

गुल्मी । २०७६ फागुन २ । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा ७ हिले साजनकोटबाट बिहिबार राष्ट्रिय जनमोर्चाले एक महिने सांगठनिक कार्यक्रमको उद्घाटन गरेको छ ।  

गुल्मी जिल्ला भरी पार्टीलाई बलियो र मजबुद भएर अगाडि बढाउन लागिएको सोेही कार्यक्रम एक महिना सम्म गुल्मी जिल्लाको विभिन्न गाउँ ठाउँमा सञ्चालन गरिने राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिका अध्यक्ष गंगा केसी ले जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मीका कोषाध्यक्ष टेक बहादुर केसी जिल्ला सदस्य गुमानसिह पुन संगठन तथा भारत मुलप्रवाह केन्द्रिय सदस्य राम कुमार क्षेत्री , भिम बहादुर थापाको उपस्तिथि रहेको थियो । 

कार्र्यक्रममा नेपाल सरकारले रास्ट्रको हितबिपरित कुनै पनि सन्धि सम्झौता गरेका आफूहरु चुप लागेर बस्न नसक्ने भन्दै रास्ट्र प्रेमी जनताहरु एक जुट हुनु पर्ने समय आएको बताउँदै मुलुकमा महंगी र भ्रस्टाचार मौलाउँदै गएको र त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको भारत मुलप्रवाह एकता समाजका केन्द्रिय सदस्य राम कुमार क्षेत्रीले बताउनुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा गाउँपालिका सदस्य बिनोद गिरीको अध्यक्षता, राजु थापाको स्वागत मन्तब्य  र ाष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिका अध्यक्ष गंगा केसीको संञ्चानलनमा सम्पन्न भएको थियो ।

राजमो गुल्मी जिल्लाले गत शनिबार पूर्तिघाटको कार्यक्रमबाट जिल्लाभरि सांगठनिक अभियान चलाउनको लागि २५ सदस्यीय प्रचारप्रसार समितिको गठन गरेको थियो ।

« अभ्यास शिक्षणका छात्र शिक्षकद्धारा हुग्दिशिर प्रा.विमा अतिरिक्त क्रियाकलाप «

» जैदीमा कृषि तथा पशुपालन सम्बन्धि अभिमुखीकरण तालिम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal