दर्ता. न‌: २४५/०६५/०६६

जैदीमा कृषि तथा पशुपालन सम्बन्धि अभिमुखीकरण तालिम

जैदी । २०७६ फागुन ७ । दिपेन्द्र परियार । जैमिनी नगरपालिका वडा न ७ जैदी मा एक दिने कृषि तथा पशुपालन सम्बन्धि अभिमुखीकरण तालिम मंगलवार सम्पन्न भएको छ ।

बागलुङको जैमिनी नगरपालिकामा संचालित कृषि ,पशुपालन तथा व्यवस्थापन कार्यक्रम सम्बन्धि नगरपालिका भित्रका कृषकहरुलाई व्यावसायिक बनाउने तथा कृषिबाली  र पशुहरुमा देखिएका  विभिन्न रोगका बारे जानकारी दिने र समस्याको समाधानका  उपायबारे जानकारी गराउने, कृषि तथा पशु उत्पादन बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष जित बहादुर रानाले बताउनुभयो ।

जैमिनी नगरपालिका को कृषि तथा पशुपालन प्रबर्द्धन कार्यक्रम शीर्षक मा बिनियोजित रकम रु एक लाख को लागत मा नगरपालिका भित्रका १० वटै वडामा क्रमश तालिम संचालन गरिने जैमिनी नगरपालिका कृषि शाखा प्रमुख कृष्ण प्रसाद ढकालले बताउनुभयो ।

कार्यक्रम मा वडा न ७ जैदिका झन्डै ६० जना कृषकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण जैमिनी नगरपालिका का पशु शाखा कार्यालय प्रमुख नेत्र प्रसाद शर्मा , कृषि साखा प्रमुख कृष्ण प्रसाद ढकाल तथा कृषि प्राबिधिक रबिन्द्र शर्मा र लोचन पौडेलले गर्नुभएको थियो । 

सहभागीले कृषि बाली संरक्षण ,जंगली जनावर नियन्त्रण ,किट्नासक बिसादिको प्रयोग तथा पशु रोग सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रम प्रभाबकारी भएको भन्दै नगरपालिकाले कृषि र पशुपालन सम्बन्धि दिगो तथा ठोस कार्यक्रम लिनुपर्ने सहभागिको भनाइ थियो । 

« राष्ट्रिय जनमोर्चा गुल्मीको एक महिने सांगठनिक कार्यक्रम सुरु «

» बिहानी पोलिक्लिनिकद्धारा सर्वोदय माविमा दन्त स्वास्थ्य सचेतना कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal