दर्ता. न‌: २४५/०६५/०६६

बिहानी पोलिक्लिनिकद्धारा सर्वोदय माविमा दन्त स्वास्थ्य सचेतना कार्यक्रम

बरेङ । २०७६ फागुन १२ । बिहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित बिहानी पोलिक्लिनिकले दन्त स्वास्थ सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

बागलुङको बरेङ गाउँपालिका बरेङ बजारमा अवस्थित क्लिनिकले सोमबार सर्वोदय माध्यमिक विद्यालयमा दन्त स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा डेन्टिस दिनेश अर्यालले सहभागी शिक्षक, कर्मचारी, अतिथि लगायत करिब तीन सय जना छात्रछात्राहरुलाई दाँत जोगाउने उपाय, दाँत सफा गर्ने तरिका, दाँतलाई किरा लाग्नबाट बचाउने उपाय, वृद्धवृद्धाहरुको लागि दाँतको प्रतिस्थापनका साथै नियमित दाँतको उपचार सम्बन्धी परामर्श गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बालबालिका लगायत सबै उमेर समूहका व्यक्तिहरुको लागि दाँत सम्बन्धी कार्यक्रम उपयोगी र कार्यक्रमको प्रभावकारिताका आधारमा यस्ता खाले कार्यक्रम बरेङ गाउँपालिका भर सञ्चालन गर्न सकिने बताए ।

इलाका प्रहरी कार्यालय बरेङ डाँडाका इन्चार्ज नरेन्द्रजंग कार्की, बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष ललित पाध्या लगायतले बोल्नुभएको कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक ठगराज शर्माको अध्यक्षता, हेल्थ असिस्टेन्ट शुशिल पौडेलको स्वागत र प्रकाश छन्तेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

« जैदीमा कृषि तथा पशुपालन सम्बन्धि अभिमुखीकरण तालिम «

» लिउँवा माविको ६० औँ वार्षिकोत्सवमा नव निर्मित दुई पक्की भवनको उद्घाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal