दर्ता. न‌: २४५/०६५/०६६

सार्वजनिक शौचालयको निर्माण सम्पन्न ।

२२ आषाढ २०७५, बरेङ । बागलुङको बरेङ गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना पोखराको संचालनमा बरेङ बजारमा ३ कोठे सार्वजनिक सौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकारको २ लाख २२ हजार ४२ रुपयाँ ३९ पैसा, फिन्ल्याण्ड सरकारको २ लाख २२ हजार ४२ रुपयाँ ३९ पैसा, बरेङ गाउँपालीकाको २६ हजार ९ सय १४ रुपयाँ २३ पैसा र जनक्रमदानबाट २ लाख १ हजार ८ सय ५६ रुपयाँ ७२ पैसा गरी जम्मा ६ लाख ७२ हजार ८ सय ५५ रुपयाँ ७२ पैसामा सो सार्वजनिक सौचालय निर्माण गरीएको सौचालय निर्माण समितीका अध्यक्ष टिकेश गलामीले रेडियो बिहानीलाई जानकारी दिएका छन् ।

गत जेठ २४ गतेबाट निर्माण कार्य सुरु गरीएको सो शौचालय यहि आसार १७ गते निर्माण कार्य सम्पन्न भएको अध्यक्ष गलामीले बताए ।

निर्माण कार्य सम्पन्न भएता पनि गाउँपालीकालाई हस्तान्त्रण गर्न बाकिँ रहेको छ । गाउँपालीकालाई हस्तान्त्रण नगर्दै गत असार ११ गते राति परेको वर्षाका कारण पछाडीबाट पहिरो गएपछि सौचालय जोखिममा परेको छ । 

« मृतक क्षेत्रीको परिवारलाई बरेङ बजारमा राहत संकलन,सहकारीले दियो क्रियाखर्च «

» पहिरोमा वावुआमा गुमाएका दुई वहिनीलाई नेविसंघको सहयोग । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal