दर्ता. न‌: २४५/०६५/०६६

बरेङको प्रहरी बिट, बिटमै सिमित, को को ले के भने त ?

बरेङ, २०७६ फागुन १४ । बागलुङको बरेङ गाँउपालिका वडा नं २ हुग्दिशिर बरेङ भाटी बजारमा रहेको प्रभु बैंक शाखा बरेङको सहयोगमा बनेको बरेङ ईलाका प्रहरी कार्यलयको प्रहरीबिट बिटमै सिमित रहेको छ ।

बैंकिङ साथै बरेङ बजारको ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै गत मंसिर महिनाको ८ गते प्रभु बैंक बरेङ शाखाको सहयोगमा सोही प्रहरी बिटको हस्तान्तरण गरिएको थियो ।

बिहानदेखि बेलुकी सम्म नै ताला बन्द गरि राखेको बिट सञ्चालन भएको सुरुसुरुमा त काम पनि गरिएको देखिन्थ्यो तर महिनौ बितिसक्यो अहिले ढोका खोलेको समेत नदेखिने सर्वसाधारणहरु बताउँछन्  । बिट निमार्णका लागि भने बजार वरपरका समाजसेवीले विभिन्न भौतिक सामाग्रीको सहयोग गरेका थिए ।

जाडोको समय बास बस्न गाह्रो हुने हुनाले बिहान देखि राती सम्म सेवा नदिएपनि गाडि छुट्ने समयमा भने नियमित सेवा गरेको पाइएको बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष ललित पाध्या बताउनुहुन्छ ।   

२४ घण्टा नै काम गर्नका लागि म्यानपावर कम भएको, सोही बिटमा राति सुत्नको लागि असुविधा, भएकोले नियमित नभए जस्तै भएको हो तर बजार वर देखि पर  हेर्नुपर्ने, अर्को ठाउँमा पनि बिट भएको हुनाले देख्दा काम नगरे जस्तै भएको इलाका प्रहरी कार्यालय बरेङ डाँडाका इन्चार्ज नरेन्द्रजंग कार्की बताउनुहुन्छ  । उहाँले साँझ बिहान खटिएरै काम गरेको , कारोबार समयमा त्यो बिटबाट नभएपनि अन्य ठाउँबाट कारोबार भैराखेको बताउनुभयो ।                                                                        

गाडी चेकजाँच संगै विभिन्न दुरुपयोगहरुलाई नजिकबाट केलाउनको लागि सर्वसाधारणलाई सहज होला भन्ने हेतुले निर्माण गरिएको प्रहरी बिट नियमित सञ्चालनमा ल्याउनका लागि सम्बन्धित निकायले देख्ने गरि काम गर्दै जानुपर्ने स्थानीय बताउँछन्  ।

« लिउँवा माविको ६० औँ वार्षिकोत्सवमा नव निर्मित दुई पक्की भवनको उद्घाटन «

» जातीय समस्याहरु वर्गीय रुपमा अलग राखेर समस्याको समाधान हुँदैन ः प्रदेश सांसद थापा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal