जातीय समस्याहरु वर्गीय रुपमा अलग राखेर समस्याको समाधान हुँदैन ः प्रदेश सांसद थापा
दिपेन्द्र परियार, जैदि फाल्गुन १६ । ३८ औँ मगर संघको स्थापना दिवसको अवसरमा नेपाल मगर संघ जैमिनी नगरपालीका को वडा न ७ जैदिमा विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश मामिला सभापती कृष्ण थापा मगरले अहिलेको अवस्थामा जातीय समस्याहरु वर्गीय रुपमा अलग राखेर समस्याको समाधान नहुने भन्दै देशमा अझै सामन्तवादी सोच बाट राज्य सञ्चालन भैरहेको अवस्थामा मगरहरुका मूल समस्याहरु पहिचान गर्न सरकार चुकेको बताउनुभयो ।
थापाले कार्यक्रम गरेर मात्र मगर समुदायको सस्कृती संरक्षण नहुने भन्दै सस्कृती संरक्षणको लागि राज्यले शैक्षिक स्तरको पाठ्यक्रममा मगर लगाएत अरु पनी समुदायका भाषा, कला, संस्कृती समावेश गर्नुपर्ने बताउनुभयो । राज्यस्रोतमा अझै पनि मगर समुदायको समानुपातिक रुपमा सहभागिता हुन नसकेको बताउँदै नगरपालिका गाउँपालिका र राज्य बाट विभिन्न जातजाती समुदायको उत्थान को लागि विनियोजीत हुने बजेट असाध्धै न्यून भएको भन्दै यसलाई बढाउनु पर्ने बताउनुभयो ।
जैमिनी नगरपालिका का उप प्रमुख लिला राना ले नेपालमा राजनीतिक रुपान्तरण भइरहँदा सामाजिक संस्कृति रुपान्तरण हुन नसकेको भन्दै, सबै आफ्नो कला संस्कृतिको संरक्षणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
नगरपालीकाले समय सापेक्ष कार्यक्रम गरे पनी नेपालको सन्दर्भमा विभिन्न जातजाती उत्पीडन बाट पीडित भएको भन्दै मगर दिवसको अबसरमा आयोेजीत यस्ता कार्यक्रमले सस्कृती बचाउन सकारात्मक भुमीका खेल्ने बताउनुभयो । उहाँले बिभिन्न जातजाति राज्य बाट उपेक्षामा परेको भन्दै हरेक जातजाती लाई राज्यले समेट्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक सांसद साबित्रा राना, जैमिनी नगरपालिका प्रमुख इन्द्र राज पौडेल ,उप प्रमुख लिला राना ,प्रमुख प्रसाशकीय अधिकृत इश्वरी प्रसाद शर्मा ,वडा न ७ का अध्यक्ष जित बहादुर राना, सतिढुङगा मा बि का प्रअ खेम बहादुर थापा लगायले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा नगरपालिका भित्रका विभिन्न क्लब, तथा संघ सस्था हरुले मगर संस्कृती झल्काउने सोरठी ,सालैजो ,घाटु लगाएतका नाच हरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाल मगर संघ जैमिनी नगर समितिका अध्यक्ष तिलक थापा मगरको अध्यक्षता, नेपालमगर सघ जैमिनी नगर समिती कोषाध्क्ष कुसुम थापाको स्वागत र नेपाल मगर संघ जिल्ला समिति बागलुङका सदस्य तुल बहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।







