दर्ता. न‌: २४५/०६५/०६६

दश वडाका दश विद्यार्थिलाई निशुल्क पुर्ण आवास सहितको प्रबिधीक शिक्षाः जैमिनी नपा

दिपेन्द्र परियार, कुस्मीसेरा । २० फाल्गुन २०७६ । जैमिनी नगरपालिकाका जेहेन्दार विद्यार्थिले निशुल्क पुर्ण आवास सहित प्रबिधीक शिक्षा पढ्न पाउने भएका छन ।

सान्ती माध्यमिक बिद्यालय कुस्मीसेरा र जैमिनी नगरपालीका को कार्यलय बिच सम्झौता भएपछि वडा भित्रका बिद्यार्थीले कम्प्युटर इन्जीनीयरीङ पढ्न पाउने भएका हुन । हाल कक्षा ८ मा पढ्दैगरेका, नगरपालिका स्तरीय बार्षिक परिक्षामा सहभागी हुने बिद्यार्थिहरु मध्येबाट शैक्षिक शत्र २०७७ का लागी जेहेन्दार विद्यार्थिहरु मध्ये प्रतेक वडा बाट १ जना लाई वडा कार्यलयको सिफारिसमा निशुल्क आवासिय सुबिधा सहित कक्षा ९ र १० मा कम्प्युटर इन्जीनीयरीङ पढ्नको लागी बिद्यार्थि छनोट प्रकृया अन्तरगत प्रबेश परिक्षा सञ्चालन गरिने भएको बिद्यालयका प्राबिधीक धार संयोजक ईन्जीनीयर हरि प्रसाद खनालले जानकारी दिए  । 

कम्प्युटर ईन्जीनीयरीङ पढ्न ईच्छुक बिद्यार्थि ले फाल्गुण २३ गते बिहान १० बजे आफलाई पाएक पर्ने केन्द्रवाट आवेदन फारम भर्न सक्नेछन । मध्यान्न १ बजे बाट नेपाली, अंग्रेजी, गणित र बिज्ञान बिषयबाट २५,२५ गरी १०० पुर्णाङकको प्रवेश परिक्षा दिनुपर्ने छ । प्रबेश परिक्षको नतिजाको आधारमा बिद्यार्थि छनोट गरिने ईन्जीनीयर खनालले बताए  । 

प्रबेश परिक्षका लागी ५ वटा केन्द्र तोकिएको छ । बिद्यार्थिले आवेदन दिने  केन्द्रहरुमा शान्ती माबि कुस्मीसेरा, संस्कृत मा.वि. बेलबगर, सर्बोदय मा.बि. बिनामारे, सुन्तलाचौर मा.बि. दमेक र गाँउफर्क आधारभुत बिद्यालय पैयुथन्थाप  रहेका छन ।

खनालका अनुसार नगरपालिकाको छात्राबृत्तिमा नसमेटियका तथा नगरपालिका भन्दा बाहिरका ईच्छुक बिद्यार्थि का लागी भने निशुल्क आवासको साथ छुट्टै सर्तमा बिद्यालयले भर्ना गर्नेभएको छ ।

« विशेष संगठनात्मक अभियानमा राजमो बागलुङ «

» कुस्मीसेरामा महिला स्वास्थ्य स्वंसेविकाहरुका लागी ९ दिने आधारभुत तालिम । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal