दर्ता. न‌: २४५/०६५/०६६

कुस्मीसेरामा महिला स्वास्थ्य स्वंसेविकाहरुका लागी ९ दिने आधारभुत तालिम ।

दिपेन्द्र परियार, कुस्मीसेरा । २२ फागुन २०७६ । जैमिनी नगरपालीकाको कुस्मीसेरामा महिला स्वास्थ्य स्वंसेविकाका लागी ९ दिने आधारभुत तालिम बुधवार बाट सुरु भएको छ ।

स्वास्थ्य कार्यालय वाग्लुङ र जैमिनी नगरपालिकाको सहकार्यमा महिला स्वास्थ्य स्वंसेविकाहरुको ज्ञान, सिप र क्षमताको अभिबृदि गराई उनिहरुले दिने सेवा प्रवाहमा सहजता ल्याउने उद्धेस्यले तालिमको आयोजना गरिएको हो ।

तालीम बाट गर्भवती महिला मातृसिसु तथा नवजात सिसुको मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा लिईएको  छ । तालिममा सहभागीले आफु स्वास्थ्य स्वयंम सेवक नियुक्त भएकोे लामो समय सम्म कुनै पनि तालिममा सहभागी हुन नसक्दा हचुवाको भरमा सेवा दिन वाध्य भएकोे भन्दै तालिम प्राप्त गरेपछि समुदायमा ढुक्क भएर सेवा प्रदान गर्न सकिने बताए ।

तालिममा जैमिनी नगरपालिका भित्रका वडा न १,२ ,३,४,७ र ८ न वडाका २० जना महिला स्वास्थ्य स्वंम सेवक हरुको सहभागीता छ । जैमिनी नगरपालिकाका जन स्वास्थ्य अधिकृत गोबिन्द प्रसाद शर्मा र स्वास्थ्य कार्यालय वाग्लुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले  तालिमको सहजीकरण गरेका थिए । 

कार्यक्रममा जैमिनी नगर पालिकाका प्रमुख प्रसासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बोल्नु भएको थिायो । जैमिनी नगरपालिका का उपप्रमुख लिला रानाको अध्यक्षता ,प्राथमिक स्वास्थ्यकेन्द्र कुस्मीसेराकी स्टाप नर्स सुनीता चालीसेको स्वागत जैमिनी नगरपालिका जन स्वास्थय निरिक्षक तिर्थ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम फागुन २९ गते सम्म सञ्चालन हुनेछ ।

« दश वडाका दश विद्यार्थिलाई निशुल्क पुर्ण आवास सहितको प्रबिधीक शिक्षाः जैमिनी नपा «

» जिप दुर्घटना हुँदा गुल्मीमा एक को मृत्यु, २ घाइते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal