दर्ता. न‌: २४५/०६५/०६६

जिप दुर्घटना हुँदा गुल्मीमा एक को मृत्यु, २ घाइते

 गुल्मी । २०७६ चैत्र ७ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।  दुर्घटनामा  चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षीय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

दुर्घटनामा घाइते बनेका बरेङ गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिशिर गौतम पाल्पामा उपचाररत रहेको प्रहरीले बताएको छ  ।

जिप बिहीबार दिउँसो तुराङ पिपलपाटा जाँदै गर्दा सडकमा पल्टिएको थियो । दुर्घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ  ।

« कुस्मीसेरामा महिला स्वास्थ्य स्वंसेविकाहरुका लागी ९ दिने आधारभुत तालिम । «

» छोरी बुहारीहरुलाई निःशुल्क उच्च शिक्षा पढाउँदै मदाने गाउँपालिका »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal