दर्ता. न‌: २४५/०६५/०६६

आर्थिक अभावका कारण प्रसव पिडामा छटपटाइरहेकी महिलाको बरेङ गापाद्धारा उद्धार, थप उपचारका लागि पाल्पा पठाइयो

२०७६ चैत्र ९ । बरेङ । बागलुङको बरेङ गाउँपालिकाले प्रसव पीडामा रहेकी एक विपन्न महिलाको उद्धार गरेको छ ।

आर्थिक अभावका कारण उपचार नपाएर छटपटिएकी बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर खाल्ले निवासी अन्दाजी २२ वर्षकी सिता रुचाललाई पालिकाले सम्पूर्ण खर्च व्यहोर्ने गरी एम्बुलेन्समा पाल्पाको मिसन अस्पताल पठाएको पालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । 

गाउँमा भिडियो एक्सरे सुविधा नभएकाले बाटाकाचौर स्वास्थ्य चौकीले बच्चा उल्टो भएको हुनसक्ने र भिडियो एक्सरे गर्नुपर्ने बताएको थियो । तर आर्थिक अभावका कारण सुत्केरी गराउनु पर्ने महिलालाई भिडियो एक्सरे गर्न तर्फ नलागेर पुनः घर लगिएको थियो । 

अध्यक्ष शर्माले बरेङ गाउँपालिका भित्रका कुनै पनि परिवारको आर्थिक स्थिति कमजोर भै सुत्केरी गराउन नसकेका महिलालाई पालिकाले सधँै सहयोग गर्ने बताउनुभयो । 

« छोरी बुहारीहरुलाई निःशुल्क उच्च शिक्षा पढाउँदै मदाने गाउँपालिका «

» नेपालमा एक जनामा कोरोना संक्रमण प्रमाणित, बागलुङ दक्षिण क्षेत्र समेत त्रासमा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal