दर्ता. न‌: २४५/०६५/०६६

नेपालमा एक जनामा कोरोना संक्रमण प्रमाणित, बागलुङ दक्षिण क्षेत्र समेत त्रासमा

२०७६ चैत्र १० । बरेङ । विश्वभर कोरोनाको संक्रमण र मृृत्यु हुनेको संख्या बढे संगै नेपालमा पनि आज एक युवतीमा कोरोना ( कोभिड–१९ ) पोजेटिभ देखिएको खबर प्राप्त भएको छ ।  

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित १९ वर्षीय नेपाली विद्यार्थी भएको बताएका छन् । फ्रान्स हुँदै कतारको दोहाबाट चैत्र ४ गते  काठमाडांै आएकी युवतीमा आइतबार साँझ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ (कोरोना) लागेको पुष्टि भएको स्वास्थ्य मन्त्री ढकालले बताए ।

नेपालका गाउँ गाउँमा समेत त्रास उत्पन्न भएपछि आज बरेङ गाउँपालिकाको व्यापारिक स्थल बरेङ बजारमा पनि बजारका होटल तथा अन्य व्यवसायहरु बन्द गर्न निर्देशन दिइएको छ । 

इलाका प्रहरी कार्यालय बरेङले आज बिहानै देखि मानिसको आवतजावत कम होस् र होटलहरुमा बढि मानिसहरुको जमघट नहो्स भन्ने हेतुले केही दिनको लागि व्यवसाय बन्द गर्न आह्वान गरिएको बताएको छ । 

« आर्थिक अभावका कारण प्रसव पिडामा छटपटाइरहेकी महिलाको बरेङ गापाद्धारा उद्धार, थप उपचारका लागि पाल्पा पठाइयो «

» आजबाट बागलुङ लकडाउन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal