पहिरोमा वावुआमा गुमाएका दुई वहिनीलाई नेविसंघको सहयोग ।
दिपेन्द्र परियार, बरेङ । २३ आषाढ २०७५ । अविरल बर्षा सँगै आएको पहिरोमा परी ज्यान गुमाएका बागलुङको बरेङ गाउँपालिका १ धुल्लुवास्कोटका विष्णु वहादुर क्षेत्रीको परिवारलाई राहत हस्तान्त्रण गरिएको छ ।
१३ दीनको पुण्डे तिथिपारी नेपाल विद्यार्थी संघले ३५ हजार राहत प्रदन गरेको हो । घरमै आयोजित कार्यक्रममा नेपाल विद्याथर््ी संघका केन्द्रीय सहमहामन्त्री हरीहर शर्माले खत्रीका छोरी मञ्जु क्षेत्री र अस्मीता क्षेत्रीलाई सहयोग रकम हस्तान्त्रण गरेका थिए ।
असार ११ गते पहिरोले घर पुरीदा ४० बर्षिय विष्णुबहादुर क्षेत्री उहाकी श्रीमती ३५ बर्षिय बिष्णुमाया क्षेत्री र ६ महिनाकी छोरी सोनिया क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुई छोरीहरु घर भन्दा वाहीर रहेकोले पहिरो वाट जोगिन सफल भएका थिए ।
श्रद्धाञ्जली सभामा वोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरीहर शर्माले समाजमा सकारात्मक भावनाको विकास गर्नको लागी सहयोग गरेको वताउदै मञ्जु क्षेत्री र अस्मीता क्षेत्रीको उच्च शिक्षाको लागी नेपाल विद्यार्थी संघले सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीष्कृण पौडेल , नेपाल तरुणदल जैमिनि नगर समितिका सचिव पुरण श्रीष, नेपाली काग्रेका क्षेत्रिय प्रतिनिधि रामेश्वर शर्मा लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
पहिरोमा परी वावु आमा र वहिनि गुमाएका दुई युवती वेसाहारा भएका छन् । पहिरोले घर समेत पुर्ण रुपमा पुरेकोले हाल उनिहरु आफन्तकोमा आश्रय लिएर बसेका छन् ।
« सार्वजनिक शौचालयको निर्माण सम्पन्न । «
» बरेङ गाउँपालिकाका कृषकहरुलाई उन्नत घाँसका बिरुवा बितरण । »