आजबाट बागलुङ लकडाउन
२०७६ चैत्र १० । बागलुङ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को सम्भावित संक्रमण न्यूनिकरणका लागि आज ३ बजेबाट अर्को सूचना प्रकाशित नहुन्जेल सम्म बागलुङ जिल्ला लकडाउन भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले बताउनुभएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले सर्वसाधारण नागरिकले आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आह्वान गर्दै संचार माध्यम तथा सामाजिक सञ्जाल समेतबाट गलत, भ्रामक र अफवाह फैलाउने खालका सूचना प्रकाशन नगर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लााभर लागू हुने निर्णयहरु
–दैनिक उपभोग्य सामान, खाद्य, दुध, औषधी, पानी, पेट्रोलियम पदार्थ र उद्धार राहत तथा स्वास्थ्य उपचार कार्यका यातयात बाहेक सबै प्रकारका यातयात, बस, जीप, पिकअप, ट्याक्ी, मोटरसाइकल, रिक्सा, पसल, व्यवसाय, कलकारखाना बन्द गर्ने
–दैनिक उपभोग्य समाग्रीको कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी एवम् मिसावट गर्नेलाई कानून बमोजिम कडा कारवाही गरिने ।
–जिल्लाका सीमानाकाको अवस्था, आवागमन, हेल्थ डेक्सको प्रभावकारी सुपरिवेक्षण गरी आकस्मिक उद्धार तथा राहतमा कर्मचारी खटाइने ।
–सबै सरकारी कर्मचारी अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका कर्मचारीहरुले समेत आआफ्नो कार्यालय खोल्ने तर सेवा प्रवाह बन्द रहने व्यवस्था मिलाउने ।
« नेपालमा एक जनामा कोरोना संक्रमण प्रमाणित, बागलुङ दक्षिण क्षेत्र समेत त्रासमा «
» प्रसव पीडामा उद्धार गरिएको महिलालाई पुत्र लाभ, आमा र बच्चाको अवस्था सामान्य »







