दर्ता. न‌: २४५/०६५/०६६

प्रसव पीडामा उद्धार गरिएको महिलालाई पुत्र लाभ, आमा र बच्चाको अवस्था सामान्य

२०७६ चैत्र १० । बरेङ । बागलुङको बरेङ गाउँपालिकाले प्रसव पीडामा रहेकी एक विपन्न महिलाको उद्धार गरेपछि उनलाई पुत्र लाभ भएको छ  । 

बरेङ गाउँपालिकाले आर्थिक अभावका कारण उपचार नपाएर छटपटिएकी बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर खाल्ले निवासी अन्दाजी २२ वर्षकी सिता रुचाललाई सम्पूर्ण खर्च व्यहोर्ने गरी उपचारका लागि एम्बुलेन्समा पठाएको थियो । रुचालको अपरेसन बाट बच्चा सकुशल जन्मिएको बताइएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा अपरेसन गरेपछि आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको रुचालको उपचार प्रक्रियाका सहयोगी तिलक गाहाले बताए ।

गाउँमा भिडियो एक्सरे सुविधा नभएकाले बाटाकाचौर स्वास्थ्य चौकीले बच्चा उल्टो भएको हुनसक्ने र भिडियो एक्सरे गर्नुपर्ने बताएको थियो । तर आर्थिक अभावका कारण सुत्केरी गराउनु पर्ने महिलालाई भिडियो एक्सरे गर्न तर्फ नलागेर पुनः घर लगिएको थियो । 

मृत्युको मुखमा पुगेकी महिलाको उपचार गरि आमा बच्चा दुवैको ज्यान बचाउनुमा गाउँपालिकाको महत्तपूर्ण भूमिका रहेको छ ।

« आजबाट बागलुङ लकडाउन «

» कोरोना सचेतना बारे बरेङ गापाको माईकिङ । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal