दर्ता. न‌: २४५/०६५/०६६

सुखौरा र सल्यानमा पनि क्वारेन्टाइन, सबै स्वास्थ्य चौकीहरुमा माक्स, पिपिई लगायतका स्वास्थ्य समाग्री उपलब्ध ।

१७ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकाले वडा नं. ४ र ५ अर्थात सल्यान र सुखौरामा पनि क्वारेन्टाईन निर्माण गरेको छ । यसअघि अन्य वडाहरुमा क्वारेन्टाईन स्थापना गरि सकेको पालिकाले आईतवार सल्यान र सुखौरामा पनि क्वारेन्टाईन स्थापना गरेको हो ।

बिदेश लगायत अन्य शहरी क्षेत्रबाट नब आगन्तुकहरुको भित्रिने क्रम अझै जारि रहेका कारण संभावित दुर्घटना बाट बच्न दुबै वडामा ३÷३ बेड क्षमताको क्वारेन्टाईन निर्माण गरिएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

त्यस्तै बरेङ गाँउपालिकाले आफ्ना सबै वाडाका स्वास्थ्य चौकीहरुमा माक्स, पिपिई लगायतका स्वास्थ्य तथा सुरक्षा सामाग्रीहरु उपलब्ध गराएको छ । संभावित जोखिम बाट बँच्नका लागि आईतवार संबन्धीत स्वास्थ्य चौकीहरुलाई सुरक्षा सामाग्रीहरु ह्स्तान्तरण गरिएको हो ।

बरेङ गाँउपालिकाका स्वास्थ्य सेवा संयोजक पदम बहादुर पुनले प्रत्यक वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रीहरुको उपयोग तथा प्रयोग गर्ने बिधिहरुका बिषयमा सुझाएका थिए ।

« भारत बाट आएका २ सहित ४ जना बरेङ गापाको क्वारेन्टाइनमा, पालिकाभर ३८ नयाँ भित्रिए निगरानी बढाईदै । «

» नायाँबजार क्वारेन्टाइनका ४को स्वास्थ्य अवस्था सामान्य, पाल्पा होल्ड भएका ४ बरेङ क्वारेन्टाइनमा स्थानियमा त्रास । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal