नायाँबजार क्वारेन्टाइनका ४को स्वास्थ्य अवस्था सामान्य, पाल्पा होल्ड भएका ४ बरेङ क्वारेन्टाइनमा स्थानियमा त्रास ।
१७ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिका द्वारा बाटाकाचौरको नायाँबजारमा क्वारेन्टाईन स्थापना गरि राखिएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नियमित चेक जाँचमा खटिएकी नयाँबजार स्वास्थ्य चौकीकी ईन्चार्ज सिमा थापाले जानकारी दिईन ।
कोरोना संंक्रमीतहरुमा देखिने कुनै पनि लक्षण उनिहरुमा नदेखिएको र ज्वरो लगायतको स्वास्थ्य अवस्था सामान्य रहेको थापाको भनाई छ ।
उता पाल्पा स्थित बर्तुङ क्वारेन्टाइनमा होल्ड भएर बसेका बरेङ गाँउपालिकाका ४ जना लाई बरेङ ल्यइएको छ । उनिहरुलाई बरेङ स्थित सर्बोदय माबिको क्वारेन्टाईनमा भर्ना गरि राखिएको छ । तर स्थानियले भने बिना सल्लाह बाक्लो बस्तीको बिचमा क्वारेन्टाइन स्थापना गरिएको भन्दै बिरोध तथा त्रास ब्यक्त गरेका छन् ।
फराकिलो ठाँउ जाहाँ छ त्यहा क्वारेन्टाईन स्थापना गर्ने राज्यको आदेश र क्वारेन्टाइनमा बसेकाहरु अनुशासित पुर्वक भित्रै बस्दा तथा सर्बसाधरणहरु आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा बस्दा त्यति फरक नपर्ने बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । १ मि. भन्दा बढीको दुरीमा त्यति फरक पर्न नजाने हुदा बिना त्रास ढुक्क रहन बरेङ गाँउपालिकाका स्वस्थ्य संयोजक पदमबहादुर पुनले स्थानियहरुलाई सुझाएका छन् ।
» बरेङका स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुमा दुरी कायम । »







