बरेङका स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुमा दुरी कायम ।
१७ चैत्र २०७६, बरेङ । बरेङ बजारका स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुमा दुरी कायम गरिएको छ । सेवाग्राही तथा सेवा प्रदायकहरु संगको कोरोना संक्रमण जोखिम न्युनिकरण गर्न बरेङ गाँउपालिका तथा स्थानिय प्रशासन र स्वास्थ्य कार्यलयले दुरी कायम गरेको हो ।
स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुको अगाडि सेवाग्राही तथा सेवा प्रदायक दुबैलाई सजिलो हुने गरि १ मिटरको दुरिमा रेखाङकन गरिएको छ । अब देखाइएको रेखा भन्दा भित्र सेवाग्रही तथा रेखा बाहिर सेवा प्रदायक भित्रिन तथा बाहिरिन नपाउने भएका छन् ।
» बरेङ गापाद्वारा दैनिक रेडियो कार्यक्रम “कोभिड–१९ विशेष“ प्रसारण । »







