बरेङ गापाद्वारा दैनिक रेडियो कार्यक्रम “कोभिड–१९ विशेष“ प्रसारण ।
१८ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिका द्वारा दैनिक रेडियो कार्यक्रम “कोभिड–१९ विशेष“ प्रसारण भईरहेको छ । सर्बसाधारणहरु लाई हाल बिश्वभर महामारिका रुपमा फैलिरहेको नोबेल कोरोना भाईरसका बारेमा सु–सुचित गराउन सामुदायिक रेडयो बिहानी ८९ मेघाहर्ज बाट कार्यक्रम प्रसारण भैरहेको हो ।
कोरोना संक्रमणबारे बिविध जानाकारी, गतिबिधि तथा अन्तरक्रिया समेटी उत्पादन गरिएको कार्यक्रम रेडियो बिहानी ८९ मेघाहर्जबाट दैनिक साँझ ७ बजे तथा बिहान ८ बजे पुन प्रसारण भईरहेको छ ।
लक डाउनको अवधिमा घरमै बसेर यस्ता खालका कार्यक्रमहरु सुन्दा सर्वसाधारणहरुका लागी प्रभावकारी भैरहेको बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
« बरेङका स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुमा दुरी कायम । «
» कोभिड–१९ को अवस्थितिबारे बरेङ गापाबासीलाई आज अध्यक्षको संबोधन । »







