कोभिड–१९ को अवस्थितिबारे बरेङ गापाबासीलाई आज अध्यक्षको संबोधन ।
१८ चैत्र २०७६, बरेङ । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाईरसको बस्तु स्थितिबारे आज बरेङ गाँउपालिका बासिलाई अध्यक्ष कृष्ण प्रसाद शर्माले संबोधन गर्ने कार्यक्रम रहेको छ । कोरोनाले पारेको प्रभाव, रोकथामको लागि गरिएको तयारी तथा सुरक्षित रहन गाँउपालिका बासिले अपनाउनु पर्ने सावधानी लगायतको बिषयमा अध्यक्ष शर्माले आज अपरान्ह् ४ बजे रेडियो बिहानीबाट संबोधन गर्ने तयारी रहेको छ ।
कोरोना संक्रमण फैलिन नदिन गाँउपालिकाले पालिका बासिहरुको हितमा दिनहु थुप्रै गतिबिधि तथा कृयाकलापहरु गरिरहेको छ ।
« बरेङ गापाद्वारा दैनिक रेडियो कार्यक्रम “कोभिड–१९ विशेष“ प्रसारण । «
» नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङद्वारा कोभिड–१९ बारे अपिल, सतर्क रहन आग्रह । »







