दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाका कृषकहरुलाई उन्नत घाँसका बिरुवा बितरण ।

दिपेन्द्र परियार, बरेङ । २८ आषाढ २०७५ । बागलुङको बरेङ गाउपालिकाका कृषकहरुलाई उन्नत जातका घाँसका बिरुवा बितरण गरिएको छ । पशुसेवा शाखा कार्यलय बरेङको बार्षिक कार्यक्रम अनुसार पालिका अन्र्तगतका ५ वटै वडाका सबै कृषकहरुलाई बिरुवा बितरण गरिएको हो ।

पशुसेवा शाखा कार्यलय बरेङका प्रमुख नेत्र प्रसाद शर्माका अनुसार  नेपियर ३ प्रकारका, पारा, मलातो, सेटरिया र पाशपालन जातका ३० हजार गोटा उन्नत घाँसका बिरुवा कृषकहरुलाई बितरण गरिएको छ ।

शर्माका अनुसार वडा नं. ५ सुखौराका कृषकहरुलाई गुल्मी जिल्लाको शान्तिपुर बजार बाट, वडा नं. ४ सल्यानका कृषकहरुलाई काउचे बाट र वडा नं. ३ बाटाकाचौरका कृषकहरुलाई नायाँ बजारबाट संबन्धीत वडाध्यक्षको नेतृत्वमा बिरुवा बितरण गरिएको छ भने वडा नं. २ हुग्दिशिर र वडा नं. १ धुल्लुबाँस्कोटका कृषकहरुलाई बरेङ बजार स्थित सेवा कार्यलयबाट बिरुवा बितरण गरिएको छ ।

दुग्ध उत्पादनमा बृद्धि गर्ने उद्धेश्यका साथ उन्नत घाँसका बिरुवा बितरण गरिएको र बितरण कार्य भोली शुक्रबार सम्म जारि रहने शर्माले बताए ।

« पहिरोमा वावुआमा गुमाएका दुई वहिनीलाई नेविसंघको सहयोग । «

» बाटाकाचौरका दलित परिवारलाई विभिन्न सामग्री , २ बर्ष भित्र दलितका बस्ती खरछानो मुक्त हुने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal