दर्ता. न‌: २४५/०६५/०६६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङद्वारा कोभिड–१९ बारे अपिल, सतर्क रहन आग्रह ।

१८ चैत्र २०७६, बरेङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङ गाँउपालिका द्वारा कोभिड–१९ बारे बरेङ गाँउपालिका बासीलाई अपिल गरिएको छ । “जनतामा कुनै खालको समस्या आएमा तत्काल त्यसको समाधानको खोजी गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सम्पुर्ण नेता, कार्यकर्ता, गाउँ कमिटीका सदस्यहरु, वडा तथा टोल कमिटीका कमरेडहरु लगायत पार्टी बाट निर्बा्चित जनप्रतिनिधिहरुलाइ अत्यन्तै साबधानिका साथ लाग्न बिशेष अनुरोध गर्दछु ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङ गाँउपालिकाका अध्यक्ष प्रदिप थापाद्वारा जारि अपिलमा भनिएको छ । अपिलको पुर्ण पाठ यस्तो रहेको छ–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङको अपिल

अहिले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि हाल सम्म ९७२ जनालाई परिक्षण गर्दा ५ जनालाई संक्रमण भएको र सो मध्य १ जना बागलुङको १९ बर्षिय किशोरी रहेको पुष्टि भैसकेको छ । कोभिड (१९ नामक कोरोना भाइरस  कुनै संक्रमीत ब्यक्ति तथा प्राणीहरुबाट अर्को ब्यक्ति वा प्राणीमा सजिलै सर्ने एक रहस्यमयी तथा खतरनाक भाइरस हो । यसमा मान्छेमा संक्रमण सर्ने क्षमता अरु भाइरसमा भन्दा तिब्र एवं धेरै छ । यो निकै भयानक रोग हो । यदि यो भाइरसले संक्रमण गरेमा ज्यानै जान सक्ने खतरा हुन्छ । 

अहिले गर्मी मौसमको सुरुवाती चरण छ , मौसम परिवर्तनको बेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ यस्तो अबस्थामा लापरबाही गरिएमा मृत्यु समेत हुन सक्छ । त्यसकारण यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा ब्यक्ति आफै सजग र सतर्क रहनु नै हो । सरकारले घोषणा गरेको लकडाउन अबधि लाई पुर्ण रुपमा पालना गर्दै आफ्नो घरमा नै बसि आफू पनि सुरक्षित रहदै अरुलाइ लाई पनि यसबाट बचाउन, बिशेष गरि रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहन, भिडभाडमा सावधानी अपनाउन, सरसफाई तथा खानपिनमा विशेष ध्यान दिन, आफू जहाँ जस्तो अबस्थामा हुनुहुन्छ त्यही रहन, यदि आफ्नो स्वास्थ्यमा कुनै खालको समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा गइ उपचार गराउनु हुनका लागि सम्पुर्ण  बरेङ गाउपालिका बासी आमाबुबा , दाजुभाई तथा दिदिबहिनी हरुमा बिनम्र अनुरोध गर्दछु ।

साथै यस कोरोना भाइरसको बारे जनतामा सचेतना प्रदान गर्न, कोहि संक्रमीत ब्यक्तिको आसंका भएमा अर्थात बिदेशबाट आउनु भएका महानुभावहरुलाई केही अबधिको लागि क्वारेन्टाइनमा राख्न सहजीकरण गर्न अर्थात जनतामा कुनै खालको समस्या आएमा तत्काल त्यसको समाधानको खोजी गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सम्पुर्ण नेता, कार्यकर्ता, गाउँ कमिटीका सदस्यहरु, वडा तथा टोल कमिटीका कमरेडहरु लगायत पार्टी बाट निर्बा्चित जनप्रतिनिधिहरुलाइ अत्यन्तै साबधानिका साथ लाग्न बिशेष अनुरोध गर्दछु । 

           प्रदिप थापा मगर 

                 अध्यक्ष 

नेकपा बरेङ गाउँ कमिटी बागलुङ

« कोभिड–१९ को अवस्थितिबारे बरेङ गापाबासीलाई आज अध्यक्षको संबोधन । «

» नेपाली सेनाद्वारा क्वारेन्टाइन अनुगमन ः स्वास्थ्य,सुरक्षा तथा पालिका प्रमुखसँग छलफल । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal