दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाको क्वरेन्टाइनमा रहेका ८ जनाको स्वाब परिक्षणका लागी पोखरा पठाईयो ।

२६ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनाको स्वाब परिक्षणका लागी पोखरा पठाईएको छ । क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण छ छैन भनि पत्ता लगाउने पिसिआर परिक्षणका लागी मंगलवार स्वाब लिएर पोखरा पठाईएको हो ।

स्वास्थ्य कार्यलय बागलुङका ल्याव टेक्निसियन अधिकृत डिल्ली आचार्य, भेक्टर कन्ट्रोल निरिक्षक यम बराल, धौलागिरि अञ्चल अस्पतालका छ्यकुष्ठ निरिक्षक देव प्रसाद घिमिरे, बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सुरज बराल तथा धौलागिरि अञ्चल अस्पतालका सञ्चालक शालिकराम शर्मा लगायतको टोलिले नयाँबजार स्थित ४ र बरेङ बजार स्थित ४ गरी ८ जनाको स्वाब लिएका थिए ।

बरेङ क्वारेन्टाइनमा रहेका ४ जना गत चैत्र १० गते गौरी फन्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए भने नयाँबजार क्वारेन्टाईनमा रहेका २ सुनौल नाकाबाट र २ उनिहरुलाई लिन गएका मध्यका रहेका छन् । 

« नेपाली सेनाद्वारा क्वारेन्टाइन अनुगमन ः स्वास्थ्य,सुरक्षा तथा पालिका प्रमुखसँग छलफल । «

» प्रगति युवा क्लवको संयोजनमा ४० घरधुरीलाई राहत । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal