प्रगति युवा क्लवको संयोजनमा ४० घरधुरीलाई राहत ।
जिवन थापा, दलेङ । २६ चैत्र २०७६ । बरेङ गाँउपालिकाको वडा नंं २ मा रहेको प्रगति युवा क्लवको संयोजनमा क्लब अन्र्तगत रहेका ४० घरधुरीलाई राहत बितरण गरेको छ । लक डाउनबाट सिँगो गाँउनै प्रभावित भएको भन्दै जनप्रतिनिधिहरुको उपस्थितिमा राहत बितरण गरिएको हो ।
प्रत्यक घरलाई २५ के.जी. चावल, नुनु १ के.जी., दाल २ के.जी.,साबुन तथा तेल १ लिटरका दरले बाँडिएको छ । क्लबका अध्यक्ष पदम सुनार, समाजसेवी अमर नेपाली, पुर्व अध्यक्ष यम थापा, खडक बस्याल, उपाध्यक्ष बाबुराम सुनार लगायतको सक्रियतामा राहत बितरण गरियो ।
बितरण कार्यक्रममा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको पनि उपस्थिति थियो ।
« बरेङ गापाको क्वरेन्टाइनमा रहेका ८ जनाको स्वाब परिक्षणका लागी पोखरा पठाईयो । «
» रेडियो कार्यक्रम ‘कोभिड–१९ बिशेष’ बरेङ गापाको वेवसाईटमा,जहाँबाट जुनसुकै श्रृङखला सुन्न सकिने । »







