दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ७ को रिर्पोट नेगेटिभ, बाँकी १ को पनि नेगेटिभनै आउन सक्ने प्रवल संभावना ।

२८ चैत्र २०७६, बरेङ । बरेङ क्वारेन्टाइनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिर्पोट आउन बाँकी रहेका एक जना बाटोमा लिन गएका मध्यका रहेकाले उनको पनि नेगेटिभनै आउन सक्ने प्रवल संभावना रहेको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

कोरोना संक्रमणको आशंकामा उनीहरुको स्वाब परिक्षण्को लागि बिहिबार पोखरा पठाइएको थियो । ती सात जनासहित अन्य तीन जनाको स्वाब परिक्षणको लागि पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जनकारी दिनुभयो ।

परिक्षणको लागि बागलुङका कोरोना संक्रमित युवती र ६५ वर्षीय बृद्धाको समेत स्वाब पठाइएको गुरौले जनकारी दिनुभयो । १० जनाको स्वाब परिक्षणका लागि पठाइए पनि ७ जनाको मात्रै आएको उहाँको भनाई छ । अन्य तीन जनाको रिपोर्ट दिउसोसम्म आउने गुरौले बताउनुभयो ।

« रेडियो कार्यक्रम ‘कोभिड–१९ बिशेष’ बरेङ गापाको वेवसाईटमा,जहाँबाट जुनसुकै श्रृङखला सुन्न सकिने । «

» बिहानी सहकारीद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal