बिहानी सहकारीद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग ।
२८ चैत्र २०७६, बरेङ । बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङले बरेङ गाँउपालिकाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ । कोरोना संक्रमण तथा जोखिम बाट प्रभावितहरुको राहतका लागी बरेङ गाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण बिपद व्यवस्थापन कोषमा संस्थाको तर्फबाट ५१ ह्जार आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले बताए ।
अधिकांश सदस्य बरेङ गाँउपालिका अन्र्तगतका रहेका र संकटको यस घडिमा लड्न थोरै भएपनि गाँउपालिकालाई मदत पुग्ने भएकाले सहयोग गरिएको अध्यक्ष पुनको भनाई छ ।
बि.सं. २०६५ सालमा स्थापित संस्थाले प्रधान कार्यलयको रुपमा बरेङ बजारमा रहदै बित्तिय, सामुदायिक रेडियो, पोलिक्लिनिक, कृषि संकलन केन्द्र, एम्बुलेन्स लगायत विविध बहुद्धेश्यीय क्षेत्रहरुमा सेवा प्रवाह गर्दै आईरहेको छ ।
« बरेङका ७ को रिर्पोट नेगेटिभ, बाँकी १ को पनि नेगेटिभनै आउन सक्ने प्रवल संभावना । «







