मह उपहार लिएर क्वारेन्टाइनबाट घर जानेहरुको सन्देश ः खुसी छौं,संक्रमण फैलन नदिन क्वारेन्टाइन बसौं ।
२९ चैत्र २०७६, बरेङ । स्वाब परिक्षण पश्चात रिर्पोट नेगेटिभ आएका ७ मध्य बरेङ क्वारेन्टाइनका ४ जनालाई घर पठाईएको छ । मह, प्रशंसा पत्र तथा सर्जिकल मास्क उपहार सहित उनिहरुलाई शुक्रवार घर पठाईएको हो ।
पालिकाको नयाँबजार स्थित क्वारेन्टाइनमा रहेका मध्य एकको रिर्पोट आउन बाँकी रहेकाले हाल सर्बोदय मा.बि. क्वारेन्टाइनका ४ जनालाई मात्र घर पठाइएको बरेङ गाँउपालिकाले जनाएको छ । आत्मबल तथा थप प्रतिरोधात्मक शक्ति बढ्न सहयोग पुगोस भनेर मह उपहार सहित सेल्फ क्वारेन्टाइनमा बस्न सुझाउदै घर पठाइएको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
आफुहरु खुसी रहेको र कोरोना संक्रमण फैलन नदिन क्वारेन्टाईन बस्नु एक उपयुक्त बिकल्प रहेको घर फर्कनेहरुले बताएका छन् । बिदाई पश्चात रेडियो बिहानी सँगको बिशेष कुराकानीमा उनिहरुले यस्तो बताएका हुन् ।
क्वारेन्टाइनको व्यवस्थापकिय पक्ष राम्रो रहेको भन्दै बिदेश वा अन्य क्षेत्रबाट अब आउनेहरुलाई पनि अनिवार्य क्यारेन्टाईन बस्न उनिहरुको सुझाव छ । अनुशासन पुर्वक कोरोना रोकथामका लागि राज्यले बनाएको निति पालना गर्दा महामारि बिरुद्ध लड्न सहज हुने उनिहरु बताउछन् ।
« बिहानी सहकारीद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग । «







