बरेङमा ३५ जनाको ¥यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ ।
३० चैत्र २०७६, बरेङ । बरेङमा ३५ जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट गरिएको छ । टेष्ट गरिएका मध्य सबैको रिर्पोट नेगेटिभ आएको छ ।
आइतवार वडा नं.१ र २ का गरि ३५ जनाको ¥यापिड टेष्ट गरिएको हो । परिक्षण गरिएकाहरु बिभिन्न देशबाट आएका ३२ पुरुष र ३ महिला रहेका छन् ।
बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सुरज बरालको नेतृत्वमा जिल्ला स्वस्थ्य कार्यलय बागलुङ र धौलागीरी अञ्चल अस्पताल बागलुङ बाट आएको ५ जनाको टिमले हुग्दिशिर स्वास्थ्य चौकीमा परिक्षण गरेका थिए ।
चैत्र महिना शुरु भए यता आएका सबैको परिक्षण गरिएको हो । भोलि वडा नं. ३,४ र ५ को परिक्षण बाटाकाचौरको नयाँबजारमा रहेका गाँउपालिकाले जनाएको छ ।
» बालज्योति आवशिय माबिद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा १० हजार सहयोग । »







