बाटाकाचौरका दलित परिवारलाई विभिन्न सामग्री , २ बर्ष भित्र दलितका बस्ती खरछानो मुक्त हुने ।
दिपेन्द्र परियार, बाटाकाचाैर । १ श्राबण २०७५ । माैलिक कला सस्कृतिलाइ संरक्षण र प्रबर्द्धन गर्दै दलित समुदायको आयअर्जनमा वृद्धि गर्ने उद्देश्यले बरेङ गाउपालिका ३बाटाकाचौर का दलित समुदायहरु लाई सोमबार एक कार्यक्रमका बिच विभिन्न सामाग्री प्रदान गरिएको छ ।
परम्परागत रूपमा विभिन्न पेशा ब्यबसाय गरेर जीवन निर्बाह गर्दै आइरहेका दलित समुदाय हरुको पेशा विभिन्न कारण संकट मा परेको भन्दै उनीहरुको जिबनयापन मा सहजता ल्याउन हाते सिलाइ मेसिन१८थान ,हाते पंखा आरन१५ थान,एकसेट नौमती बाजा ,र बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र बाग्लुङ को अनुदान मा सुधारिएको फलामे चुलो३५ थान बितरण गरिएको हो ।
आफ्नो बाध्यता पिर मर्का बुझेको भन्दै लाभान्वित दलित समुदाय ले बरेङ गाउपालिका र आफ्ना जनप्रतिनिधि लाई धन्यवाद दिएका थिए ।
कार्यक्रम मा बोल्दै दलित महिला सदस्य दिपा सुनार ले दलित समुदाय आज पनि समाज मा दोस्रो दर्जाको नागरिकको रूपमा जीवन जिउन बाध्य भइरहेको भन्दै दलित समुदाय एकजुट भएर आफ्नो हक अधिकार खोज्नु पर्ने बताउनु भयो ।आफ्नो समुदायको लागि सानो भएपनी सहयोग गर्न पाउँदा निकैखुसी लागेकोभन्दै आगामी दिन हरुमा पनि दलित समुदाय लक्षित कार्यक्रम लाई निरन्तरता दिइने सुनार ले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वाड अध्यक्ष पुर्ण बहादुर खनालले एस्ता कार्यक्रम ले दलित समुदायको जीवन यापनमा सहजता ल्याउने बिश्वास व्यक्त गर्नुभयो ।आफ्नो कार्यकाल भित्र कुनै पनि दलित अन्धकार मा बस्नुनपर्ने भन्दै अबको एक दुई बर्षमा बरेङ गाउपालिका भित्रका खरको छानो भयका दलित बस्तीमा (जस्ता पाता)टिन उपलब्ध गराइने र यो सम्बन्धी गाउपालिका अध्यक्ष कृस्न प्रसाद शर्मा संग छलफल समेत भैरहेको जानकारी दिनुभयो ।
वाड अध्यक्ष पुर्ण बहादुर खनालको अध्यक्षता बरेङ गाउपालिका ३ बाटाकाचौर कि कृषि जे टि ए तुलसी शर्मा कोे स्वागत रहेको कार्यक्रममा अध्यक्ष पुर्ण बहादुर खनाल , दलित महिला सदस्य दिपा सुनार,समाजसेवी मुमिस्वर शर्मा ,पत्रकार दिपेन्द्र परियार वाड सदस्य द्वाय धनपती शर्मा र पृथ्वी बहादुर पुन ले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बाटाकाचौर का सामाजिक परिचालक प्रेमबहादुर नेपाली ले गर्नुभयको थियो
« बरेङ गाउँपालिकाका कृषकहरुलाई उन्नत घाँसका बिरुवा बितरण । «
» कालिग०डकी गापा धुवाँखोला गुल्मीमा घरबास कार्यक्रम सञ्चालन । »







