दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिका नोबेल कोरोना भाईरसरोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति गठन ।

३० चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकामा कोरोना संक्रमण जोखिम न्युनिकरण गर्न बरेङ गाँउपालिका नोबेल कोरोना भाईरस रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाको प्रमुख आतिथ्यतामा आईतवार बसेको भेलाले २१ सदस्यिय समिति सर्बसम्मत गठन गरेको हो ।

बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको संयोजकत्वमा आईतवार गठित २१ सदस्यिय समितिमा प्रमुख प्रशाषकिय अधिकृत रमेश थापा सदस्य सचिब तथा सदस्यहरुमा उपाध्यक्ष डिल कुमारि पु्न, राष्ट्रिय जनमोर्चा, नेपालि काँगेस, राप्रपा, र नेकपाको तर्फबाट १÷१ जना प्रमुख तथा प्रतिनिधि, उधोग बाणिज्य बाट एक, प्रधानाध्यापकहरुको तर्फबाट २, वडा अध्यक्ष ५, पत्रकार महासंघ बाट १, स्वास्थ्य शाखा प्रमुख , सुरक्षा प्रमुख , बन तथा बाताबरण समिति संयोजक, रेडक्रस प्रतिनिधि तथा बैंक तथा बित्तिय प्रतिनिधि १ रहेका छन् ।

भेला पश्चात आइतवारनै समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले नब बर्ष २०७७ सालको शुभकामना आदान प्रदान गर्दै कोरोना संक्रमण रोकथामका लागी विविध निर्णय गरेको छ ।

« बालज्योति आवशिय माबिद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा १० हजार सहयोग । «

» र्यापिड टेष्ट गरिएका ५६सहित रिर्पोट आउन बाँकी भनिएका क्वारेन्टाइनका १को रिर्पोट पनि नेगेटिभ । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal