र्यापिड टेष्ट गरिएका ५६सहित रिर्पोट आउन बाँकी भनिएका क्वारेन्टाइनका १को रिर्पोट पनि नेगेटिभ ।
१ बैशाख २०७७, बरेङ । बरेङमा सोमबार दोस्रो दिन २१ जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट गरिएको छ । टेष्ट गरिएका मध्य सबैको रिर्पोट नेगेटिभ आएको छ ।
वडा नं. ३,४ र ५ को सोमवार बाटाकाचौर स्वास्थ्य चौकी नयाबजारमा गरिएको २१ जनाको परिक्षणमा २१ जनाकै नेगेटिभ आएको हो । परिक्षण गराउने २० पुरुस तथा १ जना महिला रहेका छन् ।
यसैगरी यसअघि रिर्पोट आउन बाँकी भनिएका नयाँबजार क्वारेन्टाइनका एक जनाको स्वाब परिक्षण रिर्पोट पनि नेगेटिभ आएको छ । पटक पटकको परिक्षण पश्चात उनको रिर्पोट पनि सोमबार नेगेटिभ आएको हो ।
यसरी समग्र बरेङ गाँउपालिकाभर ५२ पुरुष तथा ४ महिला गरि ५६ जनामा गरिएको ¥याापिड डाएगोनोष्टिक टेष्ट सहित आउन बाँकी भनिएका क्वारेन्टाइनका एक जनाको स्वाब परिक्षण रिर्पोट समेत नेगेटिभ आउनु बरेङ गापाबासिहरुका लागी नयाँ वर्षको हर्ष एवं खुसिको खवर बनेको छ ।
बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सुरज बरालको नेतृत्वमा जिल्ला स्वस्थ्य कार्यलय बागलुङ र धौलागीरी अञ्चल अस्पताल बागलुङ बाट आएको ५ जनाको टिमले बाटाकाचौर स्वास्थ्य चौकीमा परिक्षण गरेका थिए ।
« बरेङ गाँउपालिका नोबेल कोरोना भाईरसरोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति गठन । «
» नयाँबजार क्वारेन्टाइनका ५ लाई मह र प्रशंसा पत्र सहित बिदाई । »







