दर्ता. न‌: २४५/०६५/०६६

नयाँबजार क्वारेन्टाइनका ५ लाई मह र प्रशंसा पत्र सहित बिदाई ।

०२ बैशाख २०७७, नयाँबजार । बरेङ गाँउपालिकाको नयाँबजार क्वारेन्टाइनमा रहेका ५ लाई मह र प्रशंसा पत्र सहित बिदाई गरिएको छ । यसअघि रिर्पोट आउन बाँकी भनिएका एकको रिर्पोट पनि सोमबार नेगेटिभ आएपछि उनिहरुलाई मंगलवार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

बिदाई भएका उनिहरु २ जना भारतबाट सुनौल नाकाहुदै प्रबेश गरेका, २ उनिहरुलाई लिन गएका र एक बुटवलबाट आएका थिए । यसअघि एक जना बाहेकको रिर्पोट नेगेटिभ आएपनि संगै बसेका उनिहरुलाई छाडिएको थिएन । पटक पटकको स्वाब पिसिआर परिक्षणमा बाँकी एकको पनि रिर्पोट नेगेटिभ पुष्टि भएको हो ।

छिमेकी देश भारत बाट सुनौल हुदैं ५ दिनको पैदल यात्रामा बरेङ र बरेङ गाँउपालिकाको क्वारेन्टाइनमा १९ दिन कटाएर आज उनिहरु घर फर्किएका हुन् । 

« र्यापिड टेष्ट गरिएका ५६सहित रिर्पोट आउन बाँकी भनिएका क्वारेन्टाइनका १को रिर्पोट पनि नेगेटिभ । «

» बरेङ गापाद्वारा रेडियो बाट एसइइ तयारी कक्षा सञ्चालन हुदैं । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal