दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाद्वारा रेडियो बाट एसइइ तयारी कक्षा सञ्चालन हुदैं ।

६ बैशाख २०७७,बरेङ । बरेङ गाँउपालिकाले एसइइको तैयारीमा हाल लकडाउनका कारण घर घरमा बसेका बिधार्थीहरुका लागि रेडियो बाट कार्यक्रम एसइइ तैयारी बिषेश चलाउने भएको छ । लकडाउनका कारण परिक्षा स्थगित भए पश्चात घरमा बसेका बिधार्थीहरुको पुर्नताजगीका लागी रेडियो कक्षा चलाउन थालिएको हो ।

बैशाख ८ गते सोमवारबाट दैनिक बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बिज्ञान, सामाजिक, अंग्रेजी र गणित बिषयमा क्रमश ११, १२, १ र २ बजे बिषय शिक्षकहरुबाट कक्षा सञ्चालन हुने र बिधार्थीहरुको जिज्ञासा तथा प्रश्नमा समेत फोन मार्फत अन्र्तक्रिया गरिने बताइएको छ । 

बरेङ गाँउपालिकाले एसइइको तैयारीमा हाल लकडाउनका कारण घर घरमा बसेका बिधार्थीहरुलाई तैयारी कक्षा सुन्न तथा सहभागि हुन र अभिभावकहरुलाई पनि आफ्ना नानीबाबुहरुलाई घरमै बसेर रेडियो बाट तैयारी कक्षा लिने बाताबरण मिलाउन सहयोग गर्न आग्रह गरेको छ ।

« नयाँबजार क्वारेन्टाइनका ५ लाई मह र प्रशंसा पत्र सहित बिदाई । «

» गुल्मी शान्तिपूर बसपार्कको एक घरमा आगलागी, एक बालकको मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal