गुल्मी शान्तिपूर बसपार्कको एक घरमा आगलागी, एक बालकको मृत्यु
२०७७ बैशाख ८ । गुल्मी शान्तिपूर बसपार्कको एक घरमा आगलागी भएको छ । आगलागीबाट एक बालकको मृत्यु सहित ठुलो धनराशीको क्षति भएको छ ।
आगलागीमा परि करिब १४ वर्षीय बालकको मृत्यु भएको छ भने घाइते भएका घर मालिक पूर्ण खनाल र उनको श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको विकले बताए ।
बरेङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हँुदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
खनालको गुुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपूर बसपार्कमा रहेको ३ तले पक्की घरमा बिहान ११ः५० बजे आगलागी भएको थियो ।
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३÷४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले बताए ।
« बरेङ गापाद्वारा रेडियो बाट एसइइ तयारी कक्षा सञ्चालन हुदैं । «
» बरेङमा स्थानिय बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत गरी नष्ट । »







