दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा स्थानिय बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत गरी नष्ट ।

१२ बैशाख २०७७, बरेङ । बरेङ गाँउपालिका द्वारा स्थानिय बजार अनुगमन गरिएको छ । बिहिवार स्थानिय बजार अनुगमन समिति तथा उपभोक्ता हित संरक्षण समिति र बरेङ गाँउपालिकाको संयुक्त टोलिले स्थानिय बजारका सबै खाद्यय, किराना, होटेल तथा औषधी पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य तथा अखाद्य बस्तुहरुका साथै नियम बिपरित राखिएका सामाग्रीहरु जफत गरि नष्ट गरिएको छ । पसलमा मूल्यसूची तथा साईनर्बोड भएको नभएको, ब्यवसाय दर्ता तथा नविकरण गरे नगरेको, नापतौलको प्रमाण तथा लेबल ठिक भएको नभएको, म्याद नाघेको ननाघेको, बिलिङ प्रकृया ठिक भएको नभएको, खाद्य गुणस्तर तथा निर्देशनको पुर्ण पालना भए नभएको बिषयहरुमा अनुगमन गरिएको थियो ।

स्थानिय सरकारलाई स्थानिय बजारको व्यवस्थापन तथा अनुगमन गर्न संबिधानले व्यवस्था गरे अनुरुप बजारको अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताए ।

« गुल्मी शान्तिपूर बसपार्कको एक घरमा आगलागी, एक बालकको मृत्यु «

» प्रभु बैंक बरेङ शाखाद्वारा खाद्य बैंकमा सहयोग । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal