प्रभु बैंक बरेङ शाखाद्वारा खाद्य बैंकमा सहयोग ।
१२ बैशाख २०७७, बरेङ । प्रभु बैंक बरेङ शाखाले बरेङ गाँउपालिकाले स्थापना गरेको खाद्य बैंकमा सहयोग गरेको छ । कोरोना संक्रमण प्रभावितहरुको सहयोगार्थ स्थापना गरिएको खाद्य बैंकमा बिहिवार बैंकले खाद्यान्न जम्मा गरि सहयोग गरेको हो ।
खाद्य बैंकलाई सघाउने उद्धेश्यले चामल २७५ के.जी., दाल १७ के.जी., तेल ११ लि., नुन ५ के.जी., लुगा धुने साबुन २४ पिस र नुहाउने साबुन १८ पिस सहयोग गरिएको बैंकका शाखा प्रबन्धक रेशम आचार्यको भनाई छ । लकडाउनको यो अवधिमा गाँउपालिका भित्र दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई राहात पुगोस भनि सहयोग गरिएको प्रबन्धक आचार्यले बताए ।
यसैबिच प्रभु बैंकका सिओ अशोक शेरचनले बरेङ गाँउपालिकालाई व्यक्तिगत रु १ लाख सहयोग गरेका छन् । कोरोना संक्रमण प्रभाव रोकथाम तथा न्युनिकरण सँग लड्न शेरचनले गाँउपालिकाको बिपद व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेका हुन ।
« बरेङमा स्थानिय बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत गरी नष्ट । «
» वेवसाईट मार्फत बिद्यालयहरुको नतिजा प्रकाशन गर्दै बरेङ गाँउपालिका । »







