वेवसाईट मार्फत बिद्यालयहरुको नतिजा प्रकाशन गर्दै बरेङ गाँउपालिका ।
१२ बैशाख २०७७, बरेङ । बरेङ गाँउपालिकाले आफ्नो वेवसाईट मार्फत बिद्यालयहरुको नतिजा प्रकाशन गरेको छ । वरेङ गाउंपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको बार्षिक परीक्षाफल वरेङ गाउंपालिको आधिकारिक वेवसाईट www.barengmun.gov.np र facebook page-बरेङ गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिर बागलुङमा प्रकाशन गरेको हो ।
बरेङ गाँउ कार्यपालिकाको सोहि व्यहोराको निर्णयनुसार शुक्रवार भृकुटी माध्यामिक विद्यालयको परीक्षाफल प्रकाशित गरिएको छ । नतिजा थाहा पाउन गाँउपालिकाकोे वेवसाईट www.barengmun.gov.np वा आधिकारिक फेसबुकपेजमा जान सकिने गाँउपालिकाले जनाएको छ ।
नतिजा प्रकाशनका लागि सम्वन्धित विद्यालयहरूले नतिजा प्रमाणित गरी गाउंपालिकाको सुचना प्रविधि अधिकृत राजन कार्की ९८४७६५९३२७ समक्ष यथाशीघ्र पठाउन हुन् समेत अनुरोध गरिएको छ ।
« प्रभु बैंक बरेङ शाखाद्वारा खाद्य बैंकमा सहयोग । «
» प्रभु बैंकका सिईओ शेरचनद्वारा बरेङको बिपद व्यवस्थापन कोषमा व्यक्तिगत रु.१ लाख सहयोग । »







