दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीमा लैंङ्गिक हिंसा घटे

जिल्लामा लैंङ्गकि हिंसाका घटनामा कमी आएको छ । गत आर्थिक वर्ष २०७२/०७३ भन्दा आर्थिक वर्ष २०७३/०७४मा लैंङ्गकि हिंसाका घटनामा कमी आएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्ग अनुसार २०७२/०७३ मा १३४ घटना भएकोमा आर्थिक वर्ष २०७३/०७४ मा ९५ वटा घटना भएका छन् ।

हिंसाका घटना मध्ये २०७२/०७३ मा १२१ घटना मिलापत्र भएका छन् । जसमध्ये बाँकी ११ वटा अदालत गएका छन् भने २ जना बिपक्षी फरार, निबेदकले वास्ता नगरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

गएको आर्थिक वर्ष २०७३/०७४ मा ५१ वटा घटना मिलापत्र भएका छन् भने १८ वटा घटना अदालत गएको उपरीक्षक नेपालले जानकारी दिए । घटना मध्ये २६ वटा विपक्षी फरार,निबेदकले वास्ता नगरेको पाइएको छ ।

चालु यो आर्थिक वर्ष सुरुवातमै ३ वटा लैंङ्गकि हिंसाका घटना प्रहरी कहाँ आएका छन् । ती घटनाहरु दुबै पक्षको रोहवरमा मिलपत्र समेत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दा शाखाका असई सत्यनारायण यादवले जानकारी दिए ।

लैंङ्गकि हिंसाका उजुरी दिने अधिकांश निबेदनको ब्यहोरामा श्रीमानले खाना लाउन नदिएको रक्सी सेवन गरी कुटपिट गर्ने गरेको, धनपैसा लिई श्रीमती अर्कै संग जाने, माइती बस्ने गरेको पाइएको असई यादवले जानकारी दिए ।

» संशोधन विधेयक भोटिङमा लैजाने सहमति, चुनावमा सहभागी हुन राजपा तयार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal