दर्ता. न‌: २४५/०६५/०६६

कालिग०डकी गापा धुवाँखोला गुल्मीमा घरबास कार्यक्रम सञ्चालन ।

प्रकाश छन्त्याल, बरेङ । ५ श्रावण २०७५ । गुल्मीको कालीगण्की गाउँपालिका–७ धुँवाखोलामा पर्यटन क्षेत्रको विकासका लागि होम स्टे निर्माण गरी शनिबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका निम्ती होम स्टे संचालन गर्न थालिएको बताईएको छ ।

उद्घाटन कार्यक्रमकमा बोल्दै कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापाले यस क्षेत्रमा पर्यटक गन्तव्यको पहिचान गराउन होम स्टेको आवश्यक रहेको बताए । होम स्टे संचालन भए पछि स्थानीयको आय आर्जनको मुख्य पाटो र यस क्षेत्रमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सहज हुने थापाको भनाई छ ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका–७ का अध्यक्ष लोकप्रसाद शाह, बरेङ गाउँपालिका बागलुङका अध्यक्ष कृष्णप्रसाद शर्मा, रेडियो बिहानी बरेङका प्रकाश छन्त्याल लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम गमबहादु गुरुङको अध्यक्षता, मोहन छन्त्यालको स्वागत र राजु गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

« बाटाकाचौरका दलित परिवारलाई विभिन्न सामग्री , २ बर्ष भित्र दलितका बस्ती खरछानो मुक्त हुने । «

» बरेङ गाउँपालिकाद्वारा सत्यवतीमा बृक्षारोपण । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal