सरकारलाई सहयोग ! कार्यालयको घर भाडामा छुट, नागरिकको दायित्व पुरा गरे ः शर्मा ।
१४ बैशाख २०७७, सुदला । राष्ट्रिय संकट तथा बिपदहरुमा प्राया नागरिकले सरकारको तर्फबाट राहात तथा सहयोगको अपेक्षा गरेका हुन्छन् जसलाई स्वभाविक प्रकृया पनि मानिन्छ । तर यहि स्वभाविक प्रकृया भन्दा फरक रहदै यहाँका एक स्थानियले सरकारलाईनै सहयोग गरेका छन् ।
बरेङ गाँउपालिका वडा नं. २ सुदलाका स्थानिय नारायण दत्त शर्माले आफ्नो घरमा कार्यालय रहेको २ नं. वडा कार्यलयको भाडामा छुट दिएका छन् । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणमा लड्न स्थानिय सरकारलाई थोरै भएपनि बल पुगोस भन्दै शर्माले चैत्र महिनाको भाडा रु.७ हजार छुट दिएका हुन् ।
“जिम्मेवार नागरिक बनेर सरकारका लागी पुरा गर्नुपर्ने दायित्व स्थानिय सरकार मार्फत पुरा गरेको हुँ” शर्मा बताउछन् । उनले थपेका छन् “संकटको यो घडीमा लड्न स्थानिय सरकारलाई जे सकिन्छ आ–आफ्नो क्षमता अनुसारको सहयोग गर्नु हामी सबैको दायित्व हो, जसरी मैले गरेको छु ।”
कोरोना संक्रमण प्रभाव, जोखिम न्युनिकरण तथा रोकथाम सँग जुध्न सबैलाई आफु सक्दो सहयोग गर्न समेत उनले सुझाए ।
« प्रभु बैंकका सिईओ शेरचनद्वारा बरेङको बिपद व्यवस्थापन कोषमा व्यक्तिगत रु.१ लाख सहयोग । «







