वडा अध्यक्ष खनालको निधन, शोकमा बरेङ गाँउपालिका ।
१७ बैशाख २०७७, बरेङ । बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण बहादु्र खनालको बुधवार दिउसो निधन भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा ह्दयघात भएर निधन भएको हो । खनालको निधनले बरेङ गाँउपालिका शोकमा डुबेको छ ।
घाइते खनालको मंगलवार राती ह्दयघात भएको थियो । सोही ह्दयघातको कारण उनको निधन भएको अस्पतालले जनाएको छ । बैशाख ८ गते गुल्मी जिल्ला चन्द्रकोट गाउककपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको सोही दिननै मृत्यु भएको थियो ।
घाईते खनाल र उनकी श्रीमती रुपा खनाललाई उपचारका लािग तत्कालै पाल्पा अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भोलिपल्ट विहान किर्तिपुरको फायर अस्पतालमा लगिएको थियो । दुवैको सोही अस्पतालमा उपचार भइरहेको थियो । अहिले श्रीमती रुपाको अवस्था सामान्य छ ।
वडा नं. ३ का अध्यक्ष तथा बरेङ गाँउ कार्यपालिकाका सदस्य खनालको निधनले गाँउपालिकालाई ठूलो क्षति पुगेको तथा सिङगो गाँउपालिकानै स्तब्ध भएको बरेङ गाँउपालिकाले जनाएको छ ।
« सरकारलाई सहयोग ! कार्यालयको घर भाडामा छुट, नागरिकको दायित्व पुरा गरे ः शर्मा । «
» बागलुङ ढोरपाटन समाज हङकङद्धारा बरेङ गापालाई थर्मल गन सहयोग । »







