बागलुङ ढोरपाटन समाज हङकङद्धारा बरेङ गापालाई थर्मल गन सहयोग ।
२२ बैशाख २०७७, बरेङ । बागलुङ ढोरपाटन समाज हङकङले बरेङ गाउँपालिकालाई थर्मल गन सहयोग गरेको छ । गण्डकी प्रदेश मामिला समितिका सभापति तथा प्रदेश सांसद कृष्ण थापाले सोमबार एक कार्यक्रमका बिच बरेङ गाउँपालिका अन्र्तगतका स्वास्थ्य चौकीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
विश्वभर महामारीे रोगको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्न र बचाउनको लागि बागलुङ ढोरपाटन समाज हङकङलको सहयोगमा ८ वटा र बरेङ गाउँपालिकाको तर्फबाट ५ वटा गरि पालिका भित्रका स्वास्थ्य चौकीहरुलाई दुई दुई वटा र इकाइ स्वास्थ्य चौकीहरुलाई एक एक वटा गरी जम्मा १३ वटा थर्मन गन प्रदेश सांसद थापाद्धारा हस्तान्तरण गरिएको हो ।
यसै सन्र्दभमा पालिकाले ५ वडाका स्वास्थ्य चौकीहरुलाई २१ वटा पिपिई समेत हस्तान्तरण गरेको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।







