दर्ता. न‌: २४५/०६५/०६६

बिग्रिन त मात्र एकफेर बिग्रिएकी हौँ

 ५ मुक्तक ,२४ बैशाख २०७७ ।

१)

बिग्रिन त मात्र एकफेर बिग्रिएकी हौँ,

राम्रो सङ्ग विचार नपुगेर बिग्रिएकी हाँै

यहाँ मान्छे समय बिताउन आउँछन् 

तिमी जिन्दगी सोचेर बिग्रिएकी हाँै ।

२)

आफन्तजन टाढा भए के गर्छौ

तिम्रो साथ छोडी गए के गर्छौ

भन्न त मतलब हुँदैन भनौंला

सधैंभर त्यस्तै रहिरए के गर्छौ ? 

३) 

तिम्रो दिलभित्र बास नदिने भयौं 

खै के कारणले खास नदिने भयौं 

माया शब्दको अर्थ त ममता हुनुपर्ने

तिमीले त त्यसको आभास नदिने भयौं !

४)

म जीवन गुजारेकै छु गिट्टी कुटेर

सडकमै खान्छु सडकमै सुतेर

गाउँ भुल्नुभयो नेता ज्यु महलमा पुगेपछि

कहिले आउनुहुन्छ उम्मेदवार उठेर

५)

आफ्नो सोच अनि व्यवहार परिवर्तन गर

यो समय परिस्थिति अनुसार परिवर्तन गर

मनै देखी सोच्ने गर आफैलाई हानी गर्छ

तिम्रो त्यो अहमकार परिवर्तन गर ।

केशवराज क्षेत्री

बरेङ गापा २ बाग्लुङ ।

« बागलुङ ढोरपाटन समाज हङकङद्धारा बरेङ गापालाई थर्मल गन सहयोग । «

» बरेङ गापाको पोषण कोशेली ः गर्भवती महिलाको घरमै घिउ, च्याउ र अण्डा पु¥याईदै । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal