दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाको पोषण कोशेली ः गर्भवती महिलाको घरमै घिउ, च्याउ र अण्डा पु¥याईदै ।

२७ बैशाख २०७७, बरेङ । बरेङ गाँउपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागी पोषण कार्यक्रम शुरु गरेको छ । लकडाउनको यो अवधिमा उनिहरुको पोषणमा कुनै कमी नहोस् भन्ने उद्धेश्यले कार्यक्रम शुरु गरिएको हो ।

बिश्वव्यापि रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमण न्युनिकरणका लागी देश लकडाउनको अवस्थामा रहेका बेला गर्भवती तथा सुत्केरी महिलाहरुका लागी अत्यावश्यक पोषणको कमी नहोस् भन्दै पोषण कार्यक्रम शुरु गरिएको प्रमुख प्रशाषकीय अधिकृत रमेश थापाले बताए ।

उद्घाटन चरणमा गर्भवती तथा सुत्केरी महिलाहरुको घरमै पुगी पोषण कोशेलीका रुपमा १ माना घिउ, आधा के.जी. च्याउको सुकुटी तथा १ क्यारेट अण्डा बितरण शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले रेडियो बिहानीलाई बताए ।

« बिग्रिन त मात्र एकफेर बिग्रिएकी हौँ «

» बरेङ ग्यालथुम्कामा हेल्प डेस्क ः ज्वरो परिक्षण पश्चात मात्र बजार प्रबेश । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal