बरेङ ग्यालथुम्कामा हेल्प डेस्क ः ज्वरो परिक्षण पश्चात मात्र बजार प्रबेश ।
३१ बैशाख २०७७, बरेङ । बरेङ बजारको ग्यालथुम्कामा स्वास्थ्य सहायता कक्ष ‘हेल्प डेस्क’ स्थापना गरिएको छ । देशैभर बढ्दै गएको कोरोना संक्रमण प्रभाव न्युनिकरणका लागी स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्ष स्थापना संगै अब बरेङ बजार प्रवेश गर्नेहरुले आफ्नो बिबरण टिपाउनुका साथै थर्मल गन मार्फत आफ्नो शरिरको तापक्रम अर्थात ज्वरो परिक्षण गर्नुपर्ने छ । यसरि परिक्षण गर्दा १००.४ डिग्री फरेनहाईट भन्दा माथि ज्वरो देखिएमा बजार प्रबेश गर्न रोक लगाईने बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए ।
लक डाउनलाई खुकुलो बनाईदै गर्दा देशैभर संक्रमितहरुको संख्यामा तिब्र बृद्धि देखिएकाले लक डाउनलाई कडाई गर्ने सन्दर्भमा बुधवार जनप्रतिनिधि, स्वास्थ्य, सुरक्षा तथा सरोकार वालाहरुको बैठक समेत बसेको छ ।
« बरेङ गापाको पोषण कोशेली ः गर्भवती महिलाको घरमै घिउ, च्याउ र अण्डा पु¥याईदै । «
» बरेङको उदाहरणीय काम ः विद्यालयहरुद्धारा सामाजिक संजालको दुरुपयोग,कहाँ चुके बरेङका विद्यालय? »







